भदौं ११,काठमाडौं। आगामी सेप्टेम्बरको ८ देखी १७ तारिख सम्म मलेसियामा आयोजना हुने यू-१९ एसिया कप छनोट खेलका लागि नेपाली यू १९ टोलिको अन्तिम १४ जनाको नाम सार्वजनिक गरिएको छ । करिब एक हप्ताको बन्द प्रशिक्षण पछि १४ जनाको नाम सार्बजनिक गरिएको हो ।
सार्बजनिक गरिएको टोलिको कप्तानमा दिपेन्द्रसिंह ऐरीलाई नियुक्त गरिएको छ । यस अघि लेग स्पिनर सन्दीप लामिछाने यू १९ टोलिका कप्तान थिए भने दिपेन्द्र उपकप्तान थिए ।
अन्तिम १४ जनामा चारवटा नयाँ अनुहार छन् । गत महिना सिंगापुरमा सम्पन्न यू१९ बिस्व कप छनोटमा नपरेका सुमित महर्जन, नन्दन यादव, बिक्रम कुमार भुसाल, सन्दीप जोरालाई अन्तिम १४ मा स्थान दिइएको छ । येस्तै टोलिसँगै सिंगापुर पुगेका ललित नारायण राजबंशी, प्रकाश केसी र रिजन ढकालले आफ्नो स्थान सुरक्षित राख्न सकेनन् ।
अन्तिम १४
दिपेन्द्रसिंह ऐरी (कप्तान)
सन्दिप लामिछाने
अनिल कुमार शाह
सन्दिप सुनार
पवन सर्राफ
रोहित कुमार पौडेल
प्रनित थापामगर
शाहव आलम
आशिफ शेख
किशोर महतो
विक्रम कुमार भूषाल
सन्दिप जोरा
नन्दन यादव
सुमित महर्जन
बैकल्पिक खेलाडी
ललित नारायण राजवंशी
प्रकाश केसी
रिजन ढकाल
कमलसिंह ऐरी








