डा. केसीद्वारा बाढीपीडितको निःशुल्क उपचार

भदौ १०,राजविराज । चिकित्साशिक्षा क्षेत्र सुधारका अभियन्ता डा। गोविन्द केसीले सप्तरीको कन्चनरुप नगरपालिका–६ बैरवाका ३०० भन्दा बढी बाढीपीडित बिरामीलाई निःशुल्क स्वास्थ्य उपचार सेवा र राहत सामग्री प्रदान गरेका छन् ।

 

बाढीग्रस्त क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर चलाउने गरी पाँच सदस्यीय टोलीसहित गएका डा। केसीले बाढीपीडित एक हजार परिवारलाई खाद्यान्न, कपडालगायतका राहत सामग्री वितरण गरेका हुन् ।

आमरण अनशनबाट कमजोर भएका उनलाई शुक्रबार राति स्वास्थ्यमा समस्या देखिएपछि पाँच बोतल सलाइन पानी चढाइएको बताइएको छ ।उनी आइतबार (भोलि) काठमाडौं फर्कने कार्यक्रम छ ।

सम्बन्धित शिर्षकहरु