आन्दोलनकारीको गोलीबाट बर्दियामा प्रहरी हवल्दारको मृत्यु

firing-in-Peshawarभदौ १८ । बर्दिया, बर्दियामा आन्दोलनकारीले गोली चलाउँदा एक जना प्रहरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मैनपोखरमा कार्यरत प्रहरी हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको हो ।

प्रदर्शनकारीले हानेको गोली लागि गम्भीर घाइते भएका पाण्डेलाई नेपालगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको थियो । तर उनलाई अस्पतालले मृत घोषणा गरेको छ ।

काठमाडौँबाट यात्रु लिएर आउँदै गरेको रात्रीबसलाई नेपालगञ्ज–गुलरीया सडक खण्डको मैनापोखर भन्ने ठाउँमा आन्दोलनकारीले ढुंगामुढा प्रहार गरेपछि रोक्ने क्रममा स्थिति तनावग्रस्त बनेको हो ।

प्रहरीले सुरुमा एक सेल अश्रृग्यास हानेको थियो । तर आन्दोलनकारी उत्श्रृङखल रुपमा आएपछि तीन राण्ड हवाई फायर र लाठी चार्ज गरेको थियो । सोही क्रममा आन्दोलनकारीको तर्फबाट गोली प्रहार भएको थियो ।

सम्बन्धित शिर्षकहरु