मेलबर्नमा कारकाे ठक्करवाट १९ जना घाइते, कार चालक पक्राउ

अष्ट्रेलिया । अष्ट्रेलियाको मेलबर्नस्थित अत्यन्तै व्यस्त फ्लिन्डर्स एट्रीटमा एउटा कारले ठक्कर दिँदा १९ जना घाइते भएका छन् । स्थानीय समय अनुसार बेलुका पौने पाँच बजेतिर तीव्र गतिमा आएको एउटा कारले उनिहरुलाई ठक्कर दिएको हो ।

तत्कालै घटनास्थल पुगेको प्रहरीले घटनालाई मनसायपूर्ण बताउँदै अनुसन्धान सुरु गरेको छ । गाडीका चालक र अर्का एक जनालाई पक्राउ गरी सोधपुछ अगाडि बढाइएको छ । यसैबीच, अष्ट्रेलियाका प्रधानमन्त्री मेलकम टर्नबलले घटनाको भत्र्सना गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यसअघि जनवरी महिनामा वर्कस्ट्रीरमा पैदल यात्रुको भीडमा एउटा कारले ठक्कर दिँदा छ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित शिर्षकहरु