बाढीका कारण ८० हजार विद्यार्थी पढाईबाट वञ्चित

भदाै ३, काठमाडाैँ । लगातार चार दिन वर्षाका कारण अाएको बाढीले मुलुकका विभिन्न क्षेत्रमा ८० हजार विद्यार्थी पढाईबाट वञ्चित भएका छन् । बाढीले कहिँ विद्यालय भवन भत्काएको छ भने कहिँ बाढीका कारण विद्यालय भवनभित्र पसेको हिलो पन्छाउन सकिएको छैन । क्षति नभएका विद्यालयमा बाढीपीडितलाई राखिएकाले विद्यालय सञ्चालन गर्न कठिनार्इ भर्इरहेको छ ।
विशेषगरी मध्य र पश्चिमका तराईका जिल्लाका  विद्यार्थी बाढीका कारण पढाईबाट वञ्चित भएका छन् । बाढीले करिव ५ सय वटा विद्यालय भवनमा क्षति पुगेको छ ।

सम्बन्धित शिर्षकहरु