असार २७, काठमाडौं । आँगनमा अझै पनि डेढ फिटजति पानी छ । भान्छा पनि हिलाम्मे , बाढीको पानीले ट्युबेल पनि डुबानमै । सप्तरीको भेडियाका फागु खंगको घरको अवस्था हो यो ।
बाढी आएको १० दिन भयो, घरमा चुलो बलेको छैन । राहतमा पाएको भुजा–चिउराको भरमा चार बालबालिकासहित १० जनाको परिवारले दिन काटिरहेको छ । बस्तीको तल्लो भेगमा घर रहेका कतिपय बाढीपीडित परिवारको अवस्था फागुको जस्तै छ ।
आजको नागरिक दैनिकमा खबर छ ।








