प्रबासमा नेपाली गीत संगीतको निकै नै राम्रो सम्भावना र अवसरहरु रहेको पाईन्छ । त्यसमा पनि अष्ट्रेलिया बाट निकै नै आसालाग्दा गीत हरु बजारमा अाइनै रहेका छन । यसै बिच लामो समय देखी सिड्नी मा बसोबास गर्दै आउनु भएका प्रतिभाशाली संगीतकार ,गीतकार एबम गायक किरण भण्डारी ले एक पृथक शैलिको गीत बजारमा लिएर आएका छन।
”छातीको दिल”बोल को यस गीत ले आधुनिक जीवनशैलीमा युवा युवती बिच अाईपर्ने बिभिन्न किसिमका मनोब्रितीका समस्याहरुको चित्रण भिडियोमा देखाउन खोजिएको छ। सिड्नीमै रहेर मोडलिङ कला लाई निरन्तरता दिंदै आउनु भएका कलाकार द्वय समी श्रेस्ठ र सपना खत्रीको बेजोड अभिनय रहेको छ । यस गीत लाई अरूण आर्यन चौधरी र सुबोध ताम्राकार ले छायङ्कन गर्नु भयको हो। सिड्नी मा नेपाली गीत संगीत तथा म्युजिक भिडियो निर्माण ,रेकर्डिङ् सन्योजन जस्ता काम हरु गर्दै आएको थन्दर्स्ट्रोम रेकर्ड्सले निर्देशन र सम्पादन गरेको हो।
समाजका अनेकन पक्ष हरुमा आधारित रहेर संगीत सिर्जना गर्दै आउनु भ्एका भण्डारीले यस अघी पनी काडाघारी , र्याफ्टिङ चढेर ,हातैमा चुरा , सिसाझै फुट्यो जस्ता चर्चित गीत हरुमा संगीत दिई सकेका छन भने अन्य गीत हरु पनि आउने क्रम रहेका उनले असनेपालन्युजलाइ बताए।
भिडीयो यसप्रकार छ।








