असार १५ । गुगलमाथि युरोपेली युनियनले अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना लगाएको छ। गुगलले आफ्नो अनलाइन सर्च इञ्जिनको व्यापकताको दुरुपयोग गरी आफ्नै अनलाइन सपिङ सर्भिस बिस्तार गरेको आरोपमा सो कम्पनीमाथि २.७ अर्ब डलरको जरिवाना लगाइएको हो। त्यस्तै युरोपेली आयोगले गुगललाई आफ्नो अवैधानिक कामकार्वाही रोक्न ९० दिनको समय पनि दिएको छ। अन्याथा दैनिक कारोबारको ५ प्रतिशत हिस्सा जरिवाना गर्ने चेतावनी पनि दिएको छ।
यो रकम सो नियामक निकायले अहिलेसम्म लगाएको जरिवानामध्ये सबैभन्दा ठूलो रहेको बताइएको छ। गुगलले सो आरोपको खण्डन गर्दै जरिवानाविरुद्ध अपिल गर्न सक्ने जनाएको छ। एजेन्सी








