बच्चालाई भोक नलागेमा अपनाउनु पर्ने उपाय

आजकलका बच्चाहरु प्रायः खानाखाने वेलामा संधै किचकिच गर्ने गर्दछन । खाना नखाने विभिन्न बहाना बनाउने गर्दछन । बच्चाहरुलाई भोक लागेन र  खाएनन् भने उनीहरुको शारिरीक विकास रोकिन्छ । फलस्वरुप  उनिहरुको शरीरमा कमजोर हुन्छ । यहाँ बताइए अनुसारको घरेलु उपाय अपनाएर आफ्नो बच्चाको भोक जगाउनुस् ।

१ हरियो  साग

हरिया सागपातले बच्चालाई कब्जियतबाट राहत प्राप्त हुन्छ र पेटमा ग्यास जम्न पाउँदैन । फलस्वरुप बच्चालाई भोक लाग्छ ।

२ स्याउ

बच्चालाई भोक लागेन भने स्याउ खान दिनुस्  । यसले बच्चाको रगत सफा गरी भोक लगाउने काम गर्छ । स्याउ सँग बिरेनुन पिलाउनु भए हुन्छ ।

३ पुदिना

पुदिनाको प्रकृति चिसो हुन्छ । अलिकती पुदिनाको रसमा मह मिसाई मनतातो पानीका साथ खुवाउनस् । यसो गरेमा पेट  सफा भई भोक  लाग्न शुरु  गर्दछ ।

एजेन्सी

सम्बन्धित शिर्षकहरु