रोनाल्डो सर्वाधिक कमाउने खेलाडी

 काठमाडौं, जेठ २५ । पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डो बिश्वको सर्वाधिक कमाउने खेलाडी बनेका छन् । अमेरिकन बिजनेस म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको बिश्वको सर्वाधिक कमाउने खेलाडीको सुचीमा स्पेनिस क्लब रियल मड्रिडका स्टार रोनाल्डो पहिलो स्थानमा रहेका छन् । रोनाल्डोले बास्केटबल खेलाडी लेब्रन जेम्सलाई पछि बनाउदै सर्वा्धिक कमाई गर्ने खेलाडी बनेका हुन् । फोर्ब्सले सार्वजनिक गरेको तथ्यांकअनुसार रोनाल्डोको बार्षिक कमाई ७१.८ मिलियन पाउण्ड छ । जेम्सको कमाई ६६.६ मिलियन पाउण्ड रहेको छ । यस्तै बार्सिलोनाका स्टार लियोनल मेस्सी सर्वा्धिक कमाई गर्ने खेलाडीको तेस्रो स्थानमा छन् । मेस्सीको कमाई ६१.८ मिलियन पाउण्ड छ । चौथो स्थानमा रहेका टेनिस खेलाडी रोजर फेडेररको कमाई ४९.४ मिलियन पाउण्ड रहदा पाँचौ स्थानमा रहेका अर्का बास्केटबल खेलाडीको केभिन डुरान्टको कमाई ४६.८ मिलियन पाउण्ड रहेको छ ।

सम्बन्धित शिर्षकहरु