विजय र्‍यालीमा ढुङ्गा प्रहार

सिन्धुली, ४ जेठ – सिन्धुली स्थीत तीनपाटन गाउँपालिकामा बुधबार राति ९ः३० वजे नेकपा (एमाले)ले निकालेको विजय र्‍यालीमा ढुङ्गा प्रहार भएको छ । उक्त घटनामा ६ जना घाइते भएका जसमध्ये एकको अवस्था भने गम्भीर रहेको छ ।

तीनपाटन गाउँपालिका–८ निवासी शिव श्रेठ, जीवन श्रेष्ठ, हरि घिमिरे, हिरा न्यौपाने, कर्ण तामाङ, विष्णु अधिकारी घाइते भएका छन् । घाइतेमध्ये शिव श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ ।

वडा नं ८ मा नेकपा एमालेका रेखराज अधिकारी निर्वाचित भएपछि तीनपाटनको मतगणनास्थल लाम्पान्टारबाट निकालिएको विजय र्‍यालीमा ढुङ्गा प्रहार भएको थियो । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

सम्बन्धित शिर्षकहरु