सेतो पुतलीदेखि सावधान रहन मन्त्रालयको आग्रह, यस्ता छन् शापू रोगबाट बच्ने उपाय

काठमाडौं । शापु एक दृष्टिनाशक रोग हो । प्राय वर्षायामपछि भदौदेखि मंसिरसम्म विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापु महामारीको रूपमा देखिने गरेको छ । यो रोगको लक्षणहरू देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ ।

शापु के कारणले लाग्छ ?
हालसम्म सेतो पुतली (मोथ) लाई शापुको कारक मानिएको छ तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीलाई पनि यो रोग देखा परेको छ । अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ ।

शापु रोगका लक्षणहरू के के हुन् ?
–एक्कासी एउटा आँखा रातो हुनु

–चिप्रा नलाग्नु

–उज्यालोमा हेर्न नसक्नु

–आँखाको दृष्टिमा तत्कालै कमी हनु

–आँखा दुख्नु

–उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु

शापूको रोकथाम कसरी गर्ने

–सेतो पुतलीको संसर्गबाट टाढै रहने

–धेरै उज्यालो सेतो बत्ती नबाल्ने

– साँझ र राती झ्याल ढोका बन्द गर्ने

–सम्भव भएसम्म अयाल ढोकामा जाली हाल्ने

–आफूखुसी औषधि वा जडिबुटिको प्रयोग नगर्ने

सुल्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर कुल लगाएर मात्र सुत्ने समयमै उपचार भएमा यो रोग निको हुन्छ तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जान सक्छ । यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जानुपर्छ।

सम्बन्धित शिर्षकहरु