वैशाख ३१ ।गोरखा, गोरखामा १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गर्नुभएको छ ।पौडेलले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति विद्यालयमा रहेको मतदान केन्द्रमा पहिलो मतदान गर्नुभएको निर्वाचन अनुगमनमा खटिनुभएका सहसचिव शिवराम न्यौपानेले जानकारी दिनुभयो । गोरखामा शान्तिपूर्ण मतदान भइरहेको छ ।
त्यसैगरी गैँडाकोट,स्थानीय तहको निर्वाचनमा गैँडाकोट नगरपालिका वडा नं ८ निवासी १०४ वर्षीय भूमिश्वर सापकोटाले पहिलो मतदान गर्नु भएको छ । प्रदेश नं ४ अन्तर्गत रहेको गैँडाकोट नगरपालिकाको कालिका मतदान केन्द्रमा भएको मतदानमा सापकोटाले मतदान गर्नुभएको हो । निर्वाचन शान्तिपूर्ण तरिकाले भइरहेको मतदान अधिकृतले जानकारी दिए ।








