काभ्रे, २० वैशाख – स्थानीय तहको निर्वाचनका लागि पाँचखालमा उम्मेदवारको टुङ्गो लागेको छ ।पाँचखालमा प्रमुखको लागि नौ जना, उपप्रमुखको लागि आठ जना, वडा अध्यक्षको लागि ६३ जना, महिला सदस्यको लागि ८६ जना, महिला दलित सदस्यको लागि ४२ जना, अन्य वडा सदस्य ४२ गरेर जम्मा २५२ जनाले उम्मेदवारी दिएको पाँचखाल नगरपालिकाकी निर्वाचन अधिकृत विष्णुकुमारी भट्टराइले बताए ।
उक्त क्षेत्रमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत नयाँ शक्ति पार्टी, मधेसी जनअधिकारी फोरम र नेमकिपा र स्वतन्त्रले उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसका तर्फबाट प्रमुखका लागि महेश खरेल, उपमेयरका लागि लक्ष्मी दनुवार, नेकपा एमालेबाट मेयरका लागि रुद्र बानियाँ, उपमेयरका लागि भक्तिकुमारी तामाङ, नेकपा माओवादी केन्द्रबाट मेयरका लागि आइतसिंह लामा छन् ।








