अष्ट्रेलियन मन्त्रीको क्यान्सरका कारण निधन

भदौं ९,काठमाण्डौं। अष्ट्रेलियन मन्त्री फ़िओना रिचार्डसनको ५० बर्षको उमेरमा क्यान्सर रोगका कारण बुधबार निधन भएको छ ।

पारिवारिक हिंसा सम्बन्धि अष्ट्रेलियाको पहिलो मन्त्री रिचार्डसन सन् २००६ मा पहिलो पटक निर्वाचन जितेर संसदमा पुगेकी थिइन् । का
पछिल्लो समय रिचार्डसन बिदा लिएर उपचारमा थिइन् । यसै क्रममा उनले आफ्नो मृत्यु हुनु एक दिन अगाडी , उपचारले निको नभईरहेकोले आफू अझ केही दिन बिदामा बस्ने बताउंदै सबैलाई धन्यवाद व्यक्त गरेर ट्विट गरेकी थिइन् ।

रिचार्डसन साहसी, आत्मविश्वासी र राम्रो छवि भएकी मन्त्री मानिन्थीन् । उनको परिवारमा श्रीमान र दुई सन्तान छन् । अष्ट्रेलियाक विभिन्न क्षेत्रका व्यक्तिहरुले अष्ट्रेलियाको राजनीति तथा समग्र देशले एक कुशल व्यक्ति गुमाएको भनि दुस्ख मनाउ गरिरहेका छन् ।

सम्बन्धित शिर्षकहरु