
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोलामा ४ सय रुपैंयाले घटेको छ । बिहीबार ५८ हजार ९ सय रुपैंया प्रतितोलामा किनबेच भएको छापावाला सुन आज प्रतितोला ५८ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ५८ हजार २ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदीको भाउ पनि तोलामा ५ रुपैंयाले घटेर प्रतितोला ७४५ रुपैंयामा किनबेच भइरहेका महासंघले जनाएको छ ।








