डब्बुका यौन पीडाका कथा

काठमाडौं, १४ वैशाख– पत्रकार एवं फिल्म निर्देशक डब्बु क्षत्रीको ‘नमस्ते काठमाडौं’ ले कथासंग्रह बजारमा आउन लागेको छ । यसभन्दा अघि बालकथा संग्रह प्रकाशित गरिसकेका क्षत्री दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । उनको पहिलो कथाकृति ‘नमस्ते काठमान्डु’ प्रकाशनमा आउन लागेको हो ।
यौन उत्पीडनमा परेका समाजका विभिन्न वर्गको पीडालाई कथाको विषय बनाएको क्षत्रीले बताए । उनले भने, ‘समस्या खेपेर पनि आफ्ना पीडा लुकाउन विवश पात्रहरुलाई संग्रहका कथाहरुले अन्याय विरुद्ध लड्न हौसला दिनेछ ।’
शिखा बुक्सले प्रकाशन गर्न लागेको सो पुस्तक यही वैशाख २० गतेबाट बजारमा आउने क्षत्रीले बताए । सो कथासंग्रहमा १८ वटा कथा समेटिएका छन् ।

सम्बन्धित शिर्षकहरु