
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा एभरेष्ट बैंकको नाफा बढेको छ ।
चालु आवको चैतसम्म बैंकले १ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब २० करोड ९० लाख रुपैयाँ नाफा गरेको थियो । गत आवको तुलनामा यो आवमा बैंकले नाफा झण्डै ३३ करोड रुपैयाँ बढाएको छ ।
बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाश वित्तीय विवरणअनुसार नाफा, कर्जा लगानी र निक्षेप परिचालनमा विस्तार भएको देखाएको छ । चैतसम्म बैंकले ९२ अर्ब ८१ करोड १४ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा ७९ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
यस्तै समीक्षा अवधिमा बैंकले ७३ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अधिमा बैंकले ५९ अर्ब १८ करोड रुपैयाँ लगानी गरेको छ । चैतसम्म बैंकको खराब कर्जा अनुपात ०.६७, निक्षेप लागत ४.१८, स्प्रेड दर ४.७४ र सीडी रेसियो ७०.८९ प्रतिशत रहेको बैंकले जनाएको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ बढी छ । बैंकको तरलताको अवस्था पनि राम्रो छ ।
बैंकको चुक्तापुँजी ४ अर्ब ६० करोड ६४ लाख रुपैयाँ छ । आगामी असारसम्म बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पु¥याउँदै छ । यसका लागि बैंकले लक्ष्मी बैंकलाई गाभ्नका लागि प्रक्रिया सुरु गरेको छ ।








