प्रहरी नियन्त्रणमा डीआईजी सिलवाल


काठमाडौं, ११ वैशाख– डिआइजी नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । कानुनी परामर्शका लागि बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा रहेका सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको आरोपमा उनलाई सोधपुछका लागि बोलाएको प्रहरी स्रोतले बतायो ।

आईजीपी प्रकाश अर्यालले बोलाएको बैठक बहिस्कार गरेपछि सिलवाललाई प्रहरी हेडक्वाटरले स्पष्टीकरण सोधेको थियो । सर्वोच्च अदालतमा कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेको आरोपमा छानविन गरिरहेको छ । सिलवाल छानविन समितिले बयानमा बोलाउँदा समेत गएका थिएनन् । सिलवालले तत्कालीन अर्का डीआइजी प्रकाश अर्यालको कार्यसम्पादन मूल्याङ्कनको कागजात किर्तेगरी त्यसमा आफ्नो नाम राखेर अदालतलाई पेश गरेको पाइएको भन्दै सरकारले सरकारी कागजात किर्तेको मुद्दामा कारवाही गर्ने तयारी गरेको छ ।

सिलवाललाई बिहान पौने १० बजे अधिवक्ता थापाको घरमा भेटिएपछि उन समेत प्रहरीले नियन्त्रणमा लिएको स्रोतले बताए पनि प्रहरीले भने वरिष्ठ अधिवक्ता थापा गिरफ्तार गरेको नभई सिलवालले आफ्नो कानुन व्यवसायीका रुपमा साथमा लगेको बताएको छ ।

सम्बन्धित शिर्षकहरु