राष्ट्रपति भण्डारी र भारतीय प्रम मोदी भेट

भारत । मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहेका राष्ट्रपति बिद्यादेवी भण्डारीसँग मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा प्रधानमन्त्री मोदीले नेपालको पुनःनिर्माण तथा समग्र विकासका परियोजनाहरु चाँडोभन्दा चाडो पूरा होस् भन्ने भारत सरकार र आफ्नो व्यक्तिगत चाहनासमेत भएको बताएका छन् ।

लोकतन्त्रको सुदृढीकरणमार्फत नेपाल सम्बृद्धिको बाटोमा अघि बढोस् भन्नाका लागि भारत जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि उनले व्यक्त गरेको भेटमा सहभागी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।

भेटमा राष्ट्रपति भण्डारीले सरकारले एक वर्षभित्र गर्न लागेको तीन तहको निर्वाचनले संविधानको मर्मअनुरुप समावेशीता र सहभागितालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका थिए। उनले नेपाल र नेपाली जनतालाई आवश्यक पर्दा भारत सधैँ अगाडि आएको भन्नुहुँदै नेपालको समग्र विकासमा पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद दिए।

सम्बन्धित शिर्षकहरु