काठमाडौँ, २९ चैत । गृहसचिव लोकदर्शन रेग्मीले नवनियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा दज्र्यानी चिह्न प्रदान गरे।
मन्त्रिपरिषद् बैठकले आजै नायब प्रहरी महानिरीक्षक अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । विसं २०४४मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अर्याल २६ औँ प्रहरी महानिरीक्षक भएका छन् । मन्त्रालयमा आयोजित समारोहमा अर्याललाई फुली लगाइदिँदै गृहसचिव रेग्मीले उनको कार्यकालमा नेपाल प्रहरीको गौरव अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरे।









