नेपाल–भार सीमा क्षेत्रमा तनाव, एसएसबीको गोली लागेर एक नेपालीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय क्षेत्र हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली चलाएको छ । गोली लागेर एक नेपालीको मृत्यु भएको छ ।
गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको जनाइएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्‍याइएको थियो ।

एसएसबीका जवानहरुले आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीयबासी प्रतिरोधमा उत्रिएका थिए ।त्यसक्रममा नेपाली र भारतीयबीच झडप भएको थियो ।

आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको हो ।

सम्बन्धित शिर्षकहरु