अमेरिकाले अन्तर्राष्ट्रिय भ्रमण गर्दा अब कोभिड परीक्षण गर्नु पर्ने प्रावधान हटायो

अमेरिकाले सोमबार देखि लागू हुने गरी हवाई उडानमार्फत अमेरिका आउने पर्यटकलाई कोरोना परीक्षण गर्नु पर्ने नियम हटाएको छ । संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने प्रावधान हटाएको छ। वाइडेन प्रशासनले अन्तर्राष्ट्रिय उडानमा जानु एकदिनभित्र यात्रीहरूले कोभिड–१९ सङ्क्रमण नभएको चिकित्सकीय परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुपर्ने प्रावधानलाई आगामी आइतबारदेखि हटाएको हो।ह्वाइट हाउसका सहायक प्रेस सेक्रेटरी केभिन मुनोजले अमेरिकामा जारी उक्त नियम हटाइएको जानाकारी गराउँदै यस् कदमले अमेरिकाको पर्यटन उद्योग पनि पहिलाकै अवस्थामा फर्किन सक्ने विश्वास व्यक्त गरेका हुन् ।

हालसम्म अमेरिका प्रवेश गर्नका निमित्त अनिवार्य कोरोना परीक्षण गरिनु पर्ने नियम रहेको छ । अमेरिकाले हालै मात्र अनिवार्यरुपमा मास्क लगाउन पर्ने नियमलाई हटाएको थियो । हालसम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० लाख नाघिसकेको छ।

रोग रोकथाम तथा नियन्त्रण निकायहरूले सङ्क्रमणको निरन्तर अनुगमन गर्ने जनाउँदै अन्तर्राष्ट्रिय यात्राका बेला पेश गर्नुपर्ने ‘कोभिड–१९ नेगेटिभ रिपोर्ट’ को अनिवार्य प्रावधानलाई आइतबार देखि खारेज गरिएको बताएका हुन्। परिस्थिति परिवर्तन भएमा परीक्षणको आवश्यकता पुनः समीक्षा गरिने पनि उनीहरूले बताएका छन्।

कोभिड–१९ विरुद्धको लडाइँमा भएको प्रगतिका कारण प्रतिबन्ध हटाइएको स्वास्थ्यमन्त्री जेभियर बेसेराले बताए। यद्यपि यात्रीहरूले कोभिडविरुद्धको खोप लगाउको प्रमाणपत्र पेश गर्नुपर्नेछ। विमान कम्पनी तथा पर्यटन उद्योगहरूले परीक्षणको प्रावधान हटाउन अमेरिकी प्रशासनलाई महिनौँदेखि दबाब दिइरहेका थिए भने यात्रीहरू पनि अन्तर्राष्ट्रिय यात्रा गर्न निरुत्साहित भएका थिए।

युएस ट्राभल एशोशिएशनका अध्यक्ष रोजर डाउले परीक्षणको प्रावधान हटाउनुलाई आन्तरिक एवम् अन्तर्राष्ट्रिय यात्राका निम्ति ठूलो कदम भएको प्रतिक्रिया दिएका छन्।

अमेरिका भ्रमण गर्दा अब कोभिड परीक्षण गर्न नपर्ने

 

सम्बन्धित शिर्षकहरु