सागमा सहभागि हुन आएका सात जना श्रीलंकन खेलाडीलाई डेंगु संक्रमण

काठमाडौं । डेंगु संक्रमण देखिएपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा भाग लिन आएका ७ जना श्रीलंकन खेलाडी अस्पताल भर्ना भएका छन् ।

डेङगुको संक्रमण देखिएका ७ जना खेलाडीहरुलाई त्रिपूरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ ।

उनीहरुलाई सागका लागि नेपाल आएको तीन–चार दिनमै संक्रमण देखिन थालेको थियो । डेंगु संक्रमण उनीहरु कै देशमा भएको साग मेडिकल टिमका संयोजक डा।अजय राणाले बताए ।

सागमा सहभागी हुन आएका अन्य देशका २६ खेलाडीहरु पनि बिरामी भएका छन् । उनीहरु पनि ब्लुक्रस अस्पतालमा भर्ना भएरै उपचार गराएका हुन् ।

तर कुनै पनि नेपाली खेलाडीहरुलाई भने संक्रमण नदेखिएको साग मेडिकल टिमले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु