मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा एक विमान शपिङ सेन्टरमा छिरेपछि विमानमा सवार पाँचै जनाको मृत्यु भएको छ । उडान भरेको केही समयपश्चात् नै बिचक्राफ्ट प्लेन सपिङ सेन्टरभित्र छिरेको अस्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दुर्घटनाको जानकारी दिँदै भिक्टोरियाको प्रिमियर ड्यानियल एन्ड्रुजले दुर्घटना तीस वर्षको अन्तरालमा मेलबर्नको सबैभन्दा भयानक सिभिल एभियसन दुर्घटना भएको बताएका छन् ।
पुलिसका अनुसार जब विमान ठोक्कियो तब त्यतिबेला सपिङ सेन्टर बन्द थियो र सम्भवतः त्यहाँभित्र कसैको पनि मृत्यु भएको छैन । भिक्टोरिया प्रान्तका पुलिसका अनुसार यो विमान नजिकैको बेस स्ट्रेटस्थित तास्मानिया किंग आइल्याण्ड गइरहेको थियो र यसमा सवार पाँचै जनाको मृत्यु भएको छ ।
शपिङ सेन्टरका प्रवक्ताका अनुसार त्यहाँका सबै कर्मचरी सुरक्षित छन् ।








