जयबहादुर चन्दलाई आईजीपी बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

आइतबार विहान बसेको मन्त्रीपरिषद बैठकले तेस्रो वरियतामा रहेका डीआईजी चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।

काँग्रेस सभापति शेरबहादुर देउवाको दवावमा आईजीपी बनाईएका चन्दले महानिरिक्षक पद सम्हाल्न नपाउँदै आजै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र १३ जना डीआईजीकोे कार्यसम्पदन फाइल झिकाउन आदेश दिएको छ ।

सर्वोच्च प्रशासनका अनुसार चन्दलाई आईजीपी बनाउने आधार पेश गर्न सर्वोच्चले सरकारका नाममा आदेश जारी गरेको हो ।

सम्बन्धित शिर्षकहरु