काठमाडौँ, संविधानसभाको बैठक आइतबार साँझ पाँच बजेसम्मका लागि स्थगित भएको छ । नेपालको संविधानको परिमार्जित विधेयकमाथि उठेको प्रश्नको जवाफ मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले दिएपछि बैठक स्थगित भएको हो । बैठकमा दलका शीर्ष नेताहरूले अन्तिम धारणा राखेका थिए ।
आज पाँच बजे बस्ने बैठकमा मतदान प्रक्रिया सुरू हुने जानकारी संविधानसभाका अध्यक्ष सुभास चन्द्र नेम्वाङले जानकारी दिएका छन् ।








