काठमाडौं २८ माघ । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा धेरैले ज्यान गुमाए, पिटाइ खाए, जेल–नेल र हन्डर खाए, कति त अपांग भए । यस्तो अवस्थामा खाली हात निर्वाचनमा जाऊँ भन्दा जनतालाई के जवाफ दिनू? भनेर राष्ट्रपतिसँग गुनासो गरेका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। ‘अहिले पहाड र तराई दुवैतिर अतिवादीहरू अगाडि आएका छन् । त्यसले जटिलता नजन्माओस् भन्नेतर्फ मुख्य राजनीतिक शक्ति बढी जिम्मेवार हुनुपर्छ । संविधान संशोधन गर्ने गरी तीनबुँदे सम्झौता गरेकाले हामीले अहिलेको सरकारलाई समर्थन गर्यौँ । तर, संशोधनमा छलफल हुन सकेको छैन । हामीले अड्काएको होइन, एमालेसँग पनि वार्ता गर्न तयार छौँ, सरकारको प्रस्ताव भएकाले उसलाई मनाउने मुख्य जिम्मेवारी त सरकारको हो नि,’ उनले भने। यसैबीच राष्ट्रपति विद्यादेवि भण्डारीले महन्थ ठाकुरको प्रशंसा गर्दै आफूभन्दा पनि तपाईं धेरै सिनियर लिडर भएको बताउकी छन्। ‘महन्थजी तपाईं धेरै अनुभवी र मभन्दा पनि धेरै ‘सिनियर लिडर’ हुनुहुन्थ्यो, हुनुहुन्छ । त्यसैले मैले तपाईंलाई सधैँभरि सम्मान गर्दै आएकी छु । नेपालको राजनीतिक परिवर्तनको हरेक आन्दोलनमा तपाईंको धेरै महत्वपूर्ण योगदान छ, अहिलेको यो जटिल परिस्थितिमा पनि निकास निकास खोज्न भूमिका खेल्नुस्,’ उनले भनिन्।
सम्बन्धित शिर्षकहरु
चार महिना अघि कतार आइपुगेका एक नेपालीको मृत्यु
दीलिप पराजुली साउन १७,दोहा। करिब चार महिना अघि कतार आइपुगेका तेह्रथुम आठराई चुवान डाडा स्थाई बसोबास भई हाल […]
‘एमाओवादी लास हो’
काठमाडौँ, एमाओवादी भर्खरै परित्याग गरेको बताएका डा. बाबुराम भट्टराइले एमाओवादीलाई मरिसकेको लासको संज्ञा […]
कोरोना संक्रमतिको संख्या विश्वमा सबैभन्दा बढी अमेरिकामा, किन बन्यो न्युयोर्क नयाँ इपिसेन्टर ?
काठमाडौं । अमेरिका विश्वमा नै कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै भएको मुलुक बनेको छ । त्यसमध्येपनि […]
ब्याल्याक्टाउनमा साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्वेसंग साक्षात्कार तथा रचना वाचन कार्यक्रम सम्पन्न।
महेश्वर शर्मा सिड्नी,अष्ट्रेलिया भुटानी नेपाली समुदायले एनएसडब्लुको ब्याल्याक्टाउनमा आयोजना गरेको एक […]
अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरी अष्ट्रेलियाको भिसासम्बन्धी नियममा परिवर्तन
अष्ट्रेलिया । अष्ट्रेलियाको भिसासम्बन्धी नियममा परिवर्तन भएको छ । कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय […]
सेतो पुतली आतंकः शरीरको सम्पर्कमा आउनेवित्तिकै यसरी गुम्छ आँखाको ज्योती
पोखरा । पोखरामा सेतो पुतलीको आतंकले दृष्टि नै गुम्ने डर बढेको छ । यसको असरले दैनिक चार–पाँच जना बिरामी परेका […]


