दीलिप पराजुली
साउन १७,दोहा। करिब चार महिना अघि कतार आइपुगेका तेह्रथुम आठराई चुवान डाडा स्थाई बसोबास भई हाल झापा अर्जुनधारा निवासी ग्याल्चोक लाम्खोरको गत जुलाई २५ तारिक कोठामा बसेको अबस्थामा मृत्यु भएको छ ।
रातिको डिउटी सकेर कोठा आएको र टेलीफोनमा साथिसंग कुरा गर्दै गर्दा अचानक बेहोस भएपछी उनलाई हस्पिटल पुर्याएको थियो । कतारको सरकारी हस्पिटल हमाद हस्पिटलको वक्रा ब्रान्चमा पुर्याइए पनि उनको पहिले नि निधन भएको हस्पिटलले जनाएको छ ।
कम्पनीले मृतककी श्रीमती झुमा तामांगलाई टेलीफोन मार्फत श्रीमानको मृत्यु भएको जानकारी गराएपछी परिवारमा रुवाबासी छाएको छ । हप्तुर लिन्टन ग्रुप कम्पनीमा कार्यरत लाम्खोर अन्जली ओभरसिज मेनपावर कम्पनि बाट कतार आएका थिए । मृतक लाम्खोरका श्रीमती र एक छ बर्षिय छोरा रहेका छन् । मृतकका छिमेकी मेघराज मैनालीले आबुधावी दुबई बाट कतारमा रहेका डम्बर कुमार बराललाई सम्पर्क गरी जानकारी गराए पछि घटनाको तथ्य जानकारी भएको थियो । बराल कतार इन्जीनियरिंग कम्पनीमा कार्यरत छन् । उनले घटना थाहा पाए बित्तिकै मृतकका कम्पनिमा गएर मृतकका बारेमा जानकारी लिएका थिए ।
कम्पनीले लाश पठाउनको लागी भनेर कतारी लियल १५०० उनै बराललाई हस्तान्तरण गरेको छ भने परिवारलाई सहानुभूति दर्शाउदै पाँच हजार रियल मृतककी श्रीमतीका नाममा नेपाल पठाएको छ । मृतकको शब अगस्ट एक तारिक बिहान तीन बजे (आजै राति ) कतार एयरवेजको विमानबाट नेपाल पठाउने अन्तिम तयारि भइ सकेको बराल बताउछन भने मृतकको शब लिएर बराल आफै नेपाल जाने उनले जानकारी दिए ।








