‘एमाओवादी लास हो’

Baburam-bhattaraiकाठमाडौँ, एमाओवादी भर्खरै परित्याग गरेको बताएका डा. बाबुराम भट्टराइले एमाओवादीलाई मरिसकेको लासको संज्ञा दिएका छन् । एमाओवादीलाई भत्किएको घर, रातो स्टीकर टाँसेको घर भन्दै हिँडेका भट्टराईले बुटवल पुगेर त्यसो भनेका हुन् । । उनले लाशलाई कसैले पनि अंगालो हालेर बस्न नसक्ने भएकाले आफूले पनि परित्याग गरेको जिकिर गरे ।

सोमबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा भट्टराईले भने, ‘माया छ भन्दैमा कसैले पनि मरेको लाशलाई अंगालोमा हालेर बस्न त सक्दैन नि ? भन्दै प्रश्न गरे ।

उनले एमावादी पार्टी र सो पार्टीका नेताहरुप्रति कुनै आग्रह(पूर्वाग्रह नरहेको स्पष्ट पनि पारे । उनले सरकारले मधेस र थरुहट लगायतका माग उचित ढंगले सम्बोधन गर्नुपर्ने बताए ।

उनले अब आफूले बनाउने नयाँ शक्ति आर्थिक एजेन्डामा केन्द्रित हुने जानकारी पनि गराए । मुलुकको बिकास आर्थिक समृद्धि बिना हुनै नसक्ने उनको भनाइ थियो । त्यसैले नयाँ शक्तिको पहिलो प्राथमिकता मुलुकलाई तीब्ररुपमा आर्थिक समृद्धिको बाटोमा लैजाने र मुलुकको मुहार फेर्ने उनले प्रष्ट्याए ।

भट्टराईले भने, ‘मुलुकको नयाँ आवश्यकताको महसुस गरेर नै मैले एमाओवादी परित्याग गरेको हुँ, अब पुरानो शैली हैन, नयाँ ढंगले अघि बढ्नेछु ।’ पुँजीवादको जगमा टेकेर समाजवाद प्राप्तिलाई लक्ष्य बनाएर अघि बढ्ने उनको भनाइ थियो । भट्टराईले विभिन्न दलका नेता(कार्यकर्ता, उद्योगी(व्यवसायी र सरोकारवाला सबैसँग एक चरणको छलफल र सल्लाहपछि नयाँ राजनीतिक शक्ति घोषणा गर्ने बताए ।

सम्बन्धित शिर्षकहरु