ट्रम्पको आदेश–अमेरिका प्रवेश गर्नेहरुमाथि सीमामा कडा चेकजाँच गर्नू

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका सीमा सुरक्षा अधिकृतहरुलाई अमेरिका प्रवेश गर्ने मानिसहरुमाथि कडा चेकजाँच गर्न आदेश दिएको बीबीसीले जनाएको छ ।

सात देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने आफ्नो कार्यकारी आदेशको कार्यान्वयनलाई अदालतले अस्थायी रुपमा रोकेपछि ट्रम्पले सो आदेश दिएको बताइएको छ ।

उनले अदालतले अप्ठ्यारो पारेको भन्दै कुनै अप्रिय घटना भएमा त्यसको जिम्मेवारी अदालतले लिनुपर्ने बताएका छन् ।

अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्पको प्रशासनले सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने गरेको निर्णयलाई संघीय न्यायाधिसले उल्ट्याउने फैसलासँग असहमति जनाउँदै दिएको पुनरावेदनलाई शनिबार मध्यरात आपतकालिन बहसपछि अस्वीकार गरेको थियो ।

यसअघि शुक्रबार अमेरिकाको सियाटलका एक न्यायाधिसले इरान, इराक, सिरिया, लिबिया, यमन, सुडान् र सोमालिया देशका नागरिकमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने बिषयको कार्यकारी आदेशलाई राष्ट्रब्यापी रुपमा रोक लगाउने फैसला गरेका थिए ।

पुनराबेदन अदालतले प्रतिबन्धको बिषयमा चुनौती दिने राज्य तथा ह्वाइटहाउस दुवैलाई आफ्नो थप तर्क सोमबार प्रस्तुत गर्न दिने बताएको छ ।
राष्ट्रपति ट्रम्पले आइतवार पनि उनको आदेश रोक्ने सियाटलका न्यायाधिस जेम्स रोबर्टविरुद्ध कटाक्ष गरेका छन् ।

लगातार ट्वीट गर्दै एउटा न्यायाधिसले देशलाई यतिसम्म जोखिम पार्छन् भन्ने विश्वास गर्न नसकेको बताएका छन् । यसअघि उनले न्यायाधिस रोबर्टको फैसलालाई हास्यास्पद बताएका थिए ।

सम्बन्धित शिर्षकहरु