मकर सङ्क्रान्ति तथा माघी पर्वले बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पुगोस् : राष्ट्रपति

काठमाडौँ, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मकर सङ्क्रान्ति तथा माघी पर्व, २०७३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

सो पर्वको अवसरमा राष्ट्रपतिले शनिबार शुभकामना सन्देश दिँदै विविधताले सम्पन्न सिङ्गो नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको यस महान् पर्वले सबै नेपालीमा उत्साह एवम् उमङ्ग थपोस् र सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने कामना गरेकी छन् ।

सन्देशमा तरुल लगायत कन्दमूल तथा घ्यु, चाकु, तिलको लड्डु र खिचडी लगायत परिकार खाई मनोरञ्जनपूर्वक खुसी साटासाट गरी मनाइने यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पु¥याउने उल्लेख छ । मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नु हामी सबैको दायित्व भएको राष्ट्रपतिले बताएकी छन् ।

सद्भाव, सहिष्णुता, भाइचारा र एकताको अभिवृद्धि होओस्ः उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका मगर, थारु, छन्त्याल समुदायको महान् साँस्कृतिक पर्व एवम् नेपालीको महत्वपूर्ण चाड माघेङ्क्रान्ति÷माघी पर्व २०७३ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

उनले शनिबार दिएको शुभकामना सन्देशमा यस्ता पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचार र एकताको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित शिर्षकहरु