अष्ट्रेलियामा तीज मेला २०१७

आउँदै गरेको नेपाली नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा अष्ट्रेलियाका विभिन्न प्रमुख सहरहरूमा तीज विषेश कार्यक्रम “तीज मेला २०१७” आयोजना हुन गईरहेको छ । उक्त कार्यक्रम नेपाली समुदायलाई विभिन्न ढङ्गबाट मनोरन्जन दिदै आएको संथा “नेपलीज स्क्वाड इन्टरटेनमेन्ट” ले आयोजना गर्न लागेको हो । यस कार्यक्रमको भिजा पाट्नरको रूपमा “ग्लोबल कन्सलट्यान्ट” र गोल्ड स्पोन्शरको रूपमा “एभरेष्ट म:म” रहेका छन् । उक्त कार्यक्रममा नेपालका बहुचर्चित गायक गाईका तथा कलाकारहरूको उपस्थिति रहने छ । कार्यक्रममा पशुपति शर्मा, रमीला न्याौपाने, देवी घर्ती, खुमन अधिकारी र वर्षा राउत लगायतले मनोरन्जन प्रदान गर्नेछन् । यस कार्यक्रम अष्ट्रेलियास्थित रकडेल बाइसेन्टिनियल पार्क, मेलवर्न र क्यानवेरामा आउने जुलाइ १६, अगस्ट ५ र अगस्ट १२ मा हुन गहिरहेको छ ।

सम्बन्धित शिर्षकहरु