कीर्ति राख्नेको इतिहासले मूल्याङ्कन र न्याय गर्नेछ : सभामुख घर्ती

काठमाडौँ । सभामुख ओनसरी घर्तीले देश र जनताको हितका पक्षमा कीर्ति राख्ने गरी काम गर्न संसद् सेवाका कर्मचारीलाई निर्देशन दिएका छन् ।

उमेर हदका कारण सेवानिवृत्त हुन लागेका व्यवस्थापिका–संसद् सचिवालयका सचिव सोमबहादुर थापाको बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक र जनताको हितमा काम गर्ने जो कसैको पनि इतिहासले मूल्याङ्कन गर्ने धारणा राखे ।

व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले कामप्रति क्षमतावान र उच्च नैतिकवान कर्मचारीका रुपमा परिचय बना्रएका सचिव थापाको सेवानिवृत्तिले सचिवालयको कामकाजमा असजिलो आउने र रिक्तता खड्किने धारणा राखे।

सेवानिवृत्त हुन लागेका सचिव थापाले संसद् सेवाले आफूलाई परिपक्व, क्षमतावान र विज्ञका रुपमा स्थापित गराएको भनी आभार व्यक्त गरे ।

विसं २०३९ चैत २७ गते सरकारी सेवामा प्रवेश गर्नुभएका थापा संसद् सचिवालयमा प्रशासन हेर्ने सचिवका रुपमा कार्यरत थ्रिए। उनी २४ वर्षभन्दा बढी समयदेखि सार्वजनिक लेखा समितिको सचिव रहेका थिए ।

उनका आर्थिक अनुशासन, पारदर्शी, सुशासन तथा संसद् सेवा सम्बन्धमा विभिन्न राष्ट्रिय दैनिकमा लेखसमेत प्रकाशित हुदै आएका छन् ।

सभामुख ओनसरी घर्ती, महासचिव भट्टराई र कर्मचारी युनियनका अध्यक्ष सुरेन्द्रकुमार महतले कदरपत्र प्रदान गर्दै सम्मान व्यक्त गरेका थिए ।

सम्बन्धित शिर्षकहरु