महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया
अष्ट्रेलिया भ्रमणमा रहनुभएका नेपालका पर्यटनमन्त्री जीवनबहादुर शाहीसँग एनआरएन अष्ट्रेलियाले आज सिड्नी स्थित मेरिल्यान्डमा नेपालमा पर्यटनको अवसर र चुनौतिको बारेमा नेपाली समूदाय संगै रहेर अन्तरक्रियात्मक कार्यक्रम भईरहेको छ।डिनर पनि रहेको सो कार्यक्रममा सबै नेपाली समुदायहरुलाई सहभागिताको लागि आव्हान गरिएको छ।नेपालमा पर्यटन प्रवर्द्धनको निम्ती सो कार्यक्रम अर्थपुर्ण हुने बताईएको छ। 








