महेश्वर शर्मा
असनेपालन्युज
रुपन्देहीको बुटवलमा देशभरका २० गजलकारहरुको संयुक्त कृती विमोचन तथा विशेष साहित्यिक कार्यक्रम हुने भएको छ।
उज्यालोमा गजल ईन्द्रेणी नाम दिईएको सो कार्यक्रममा गायक खेम थापा र कवि हेम प्रभासको विशेष प्रस्तुती हुने बताईएको छ।उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजनामा हुन गईरहेको सो कार्यक्रमलाई कञ्चन दर्पण साप्ताहिकले सहयोग गरेकोछ। २०७३ पौष १० गते आईतबार दिनको १२:१५ बजेबाट सुरु हुने सो कार्यक्रम श्री कस्तुरी होटल हस्पिटललाईन बुटवलमा हुने बताईएको छ।







