डा.गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाउन सिड्नीमा एक कार्यक्रम सम्पन्न।

महेश्वर शर्मा
सिड्नी,अष्ट्रेलिया

नेपालमा मेडिकल शिक्षा सुधारका साथै भ्रष्टाचारका विरुद्ध अभियान चलाइरहेका चिकित्सक गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाउन सिड्नीको होगबेन पार्क कोग्रामा अन्तरराष्ट्रिय नेपाली समाज अष्ट्रेलियाले आज एक कार्यक्रम सम्पन्न गरेको छ। नेपाली झण्डा सहित उपस्थित सो कार्यक्रममा डा. केसीका माग अत्यन्तै जायज रहेको र सो पवित्रकार्यलाई सबै नेपालीहरुले साथ दिनु पर्ने सो कार्यक्रममा उपस्थित नेपाली समुदायले बताए।

image

 

 

 

 

 

 

 

पार्टीगत आस्था भन्दा माथि उठेर आफ्नै देशकै गरिएको सो कार्यक्रममा अन्तरर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलियाका संस्थापक बिनोद पौडेलले उपस्थित भईदिएकोमा सबैलाई धन्यबाद दिएका थिए। साथै सो कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडब्लु स्टेट कोर्डिनेटर दिनेश पोखरेल अन्तरर्राष्ट्रिय नेपाली समाज अष्ट्रेलिया क्षेत्रिय संयोजक समिम अनवर,सेतोपाटि बाट हेमन्त काफ्ले,विजय सापकोटा,महेश्वर शर्मा,बिष्णु सापकोटा,कार्यक्रममा डा. केसिको समर्थन सहित आफ्ना विचारहरु राखेका थिए।

सम्बन्धित शिर्षकहरु