मेलबर्न रेनिगेड्स च्याम्पियन्स लिगको सेमिफाइनलमा न्याभ क्रिकेट टिम

अस्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुको प्रतिनिधि संगठन नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले निर्माण गरेको नेपाली क्रिकेट टिम मेलबर्न रेनिगेड्स च्याम्पियन्स लिग २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न खेलमा प्रतिस्पर्धी वैरवी लायन्सलाई २४ रनले पराजित गर्दै न्याभ क्रिकेट टिम सेमिफाईनलमा प्रवेश गरेको हो ।

ट्वन्टी ट्वान्टी क्रिकेटको यो खेलमा क्याप्टेन रोशन पौडेल र सजेन्द्र श्रेष्ठले तीन तीन विकेट लिएका थिए भने विकेश श्रेष्ठ एक्लैले ४६ रनको योगदान दिएका थिए ।

सम्बन्धित शिर्षकहरु