जीवनलाई सकारात्मक परिवर्तन गराउने एक उत्प्रेरणात्मक कार्यक्रम “द आर्ट अफ हेप्पीनेस”अब ग्रान्भिलमा।

महेश्वर शर्मा
सिड्नी,अष्ट्रेलिया

 

ग्रान्भिल नेप्लिज कम्युनिटी क्लव ग्रान्भिलको आयोजनामा ग्रान्भिल टाउन हलमा मानव जीवनलाई सकारात्मक परिवर्तन गराउने एक उत्प्रेरणात्मक कार्यक्रम “द आर्ट अफ हेप्पीनेस” हुने भएको छ। अष्ट्रेलियाको विभिन्न शहरहरुमा सम्पन्न कार्यक्रम “द आर्ट अफ हेप्पीनेस ” अब ग्रान्भिलमा हुनेभएको हो।अष्टेलियाको विभिन्न शहरहरुमा भएको स कार्यक्रमबाट धेरै मानव समुदायले लाभ लिईरहेका छन।image

 

 

 

 

 

 

जीवनलाई नयाँ दिशामा परिवर्तन गराउने एक ‘उर्जाशिलकार्यक्रमका मुख्य प्रेरक वक्ता सकारात्मक सोचको अभियन्ता आचार्य राजन शर्मा हुनुहुन्छ। दैनिक कामको ब्यस्तता,चुनौतिपूर्ण जिम्वेवारी,हतारको जिन्दगीमा कसरि शान्ति र सुख प्राप्त हुन्छ,तनावलाई कसरि नियन्त्रण गर्ने भन्ने सकारात्मक उर्जाले भरिएको अभिव्यक्ति हुने सो कार्यक्रम १९ नोभेम्बर २०१६ शनिबार बिहान १० देखि दिउसो १ बजे सम्म हुनेछ।
सो कार्यक्रममा डान्सिङ् एन्ड लाफ्टर योगा थेरापी,हिलिङ्ग योगा,जीवनमा खुशिरहने सरल सुत्रहरु , माईन्ड टेक्नोलोजि फर द मेमोरि पावर,र मोटिभेस्नल टक,हुनेछ।सो कार्यक्रमको विस्तृत जानकारीको लागि राम रुवाली ०४३२८२२२३५ र अनिता नेपाललाई ०४०६२०५१२५ मा फोन गर्न सकिनेछ।

अष्ट्रेलियाको विभिन्न राज्यमा सम्पन्न भएको कार्यक्रम “द आर्ट अफ हेप्पीनेस” को सकारात्मक उर्जाले भरिएको भिडीयो यस प्रकार छ।

सम्बन्धित शिर्षकहरु