महेश्वर शर्मा,
सिड्नी ,अष्ट्रेलिया,
हामीले हाम्रो जीवन कस्तो बनाउने हामी आफैमा निर्भर हुन्छ। मानिसमा हुने तनाव,रिस,विभिन्न रोगको अन्त्य संग संगै सृिजनातमक
कार्यमा सदैव अगाडी बढीरहन योग,ध्यान अत्यनतै लाभ सिद्ध भईरहेको अवस्थामा हिजो योग तथा अध्यात्मिक गुरु आचार्य राजन शर्माले एनएसडब्लुको मेरिल्यान्डमा योग,ध्यान संग संगै जीवन उपयोगि प्रवचन दिनुभयो । पछिल्लो समय विश्वमा लोकप्रिय बनेको हांस्य योगा पनि सो कार्यक्रम
मा गरिएको थियो।नेपाल,भारत,अमेरिका,क्यानडा,जापान, अष्ट्रेलिया,फिजी तथा भरखरै सिंगापुरमा योग ध्यान तथा अध्यात्मिक प्रवचन दिईसक्नुभएका आचार्य शर्माले हिजो अष्ट्रेलियाको सिड्नी मेरिल्यान्ड स्थित २०६ उडभिला रोड एनएसडब्लु मा नियमित योग र ध्यान साथसाथै अध्यात्मिक प्रवचन दिनुभएको हो।
सो कार्यक्रममा विश्वका विभिन्न देशहरुबाट आएका व्यक्तिहरुको सहभागिता रहेको थियो भने अध्यात्मिक गुरु राजनले अङ्ग्रेजी भाषामा प्रवचन दिनुभएको हो।२३ सेप्टेम्बर २०१६ शुक्रबार सांझ ६:३० बजेबाट शुरुभएको सो कार्यक्रम श्वामी सरस्वतीले व्यवस्था मिलाउनु भएको थियो। उक्त कार्यक्रममा फिजीका लागी नेपाली सांकृतिक राजदुत समेत रहनुभएका अध्यात्मिक गुरु आचार्यशर्माले हांसेर गरिने योगा सबैका लागी लाभदायक हुने र यसलाई सबैले निरन्तरता दिनु पर्ने बताउनुभयो।









