मानिसको यो ब्यस्त जीवनमा हाँस्य योगको फाईदा।

imageमहेश्वर शर्मा
सिड्नी,अष्ट्रेलिया

 

 

 

एउटा यस्तो संकल्प जसले तँपाईँको जीवनलाई नै सकारात्मक परिवर्तन ल्याउन सक्छ।हामी जहाँ छौँ,जस्तो छौ,जसरी आफ्नो जीवन बिताएका छौँ । फरक यतिमात्र हो हामीले बिताएको जीवन पल पलमा अर्थ पुर्ण छ या छैन भन्ने हो। त्यसो त संसारका हरेक जिवीत प्राणीहरु बाँच्नका लागि जसो तसो संघर्ष गरिनै रहेक छन।तर अब गरिने संघर्षले हाम्रो जीवन संग संगै समाजलाई सकरात्मक परिवर्तन ल्याउने हुनु पर्दछ। संसार बदल्नु छ भने आफैबाट शुरु गर्नु पर्छ भने जस्तै,अब आफैबाट संसार बदल्ने बेला भएको छ।आफुभित्र रहेको खराबपनलाई त्यागि सहिमार्गमा हिड्नु नै जीवनको सकारात्मक परिवर्तन हो।

पछिल्लो समयमा मानिसको यो ब्यस्तताले केहि फाईदा पुर्र्याएपनि। त्यो फाईदाले धेरैनै बेफाईदा पुर्याएको हामी बुझ्दैनौ र बुझ्न चाहँदैनौ।अहिलेको यो सांगुरो विश्व र टेक्नोलोजिले मानिसलाई नजिक बनाएको ठान्छौँ तर हामी यसैको दासी बनीरहँदा आफ्नै आफ्न्तहरू नै टाढा भएको हामी भुल्दैछौं ।यो भनिरहँदा अहिलेको सांगुरो विश्व साथै आधुनिक टेक्नोलोजि गलत हो भन्न खोजेको पटक्कै होईन।तर मानिसको यो ब्यस्त समय यस्तो भईदियो कि एउटै घरमा रहेका बुबा र छोरा छोरि बिच फोन,र म्यासेजमा कुराकानी हुन्छ।बुबालाई छोरा छोरि भेट्ने समय छैन र छोरा छोरिलाई आफ्नै बुवा भेट्ने समय छैन।यसले आफ्नोपनलाई नजिक भन्दा टाढा बनाएको हो कि? हामी यो ब्यस्त समय,अहिलेको टेक्नोलोजिलाई सहि सदुपयोग गर्यैँ भने आफ्नो जिवनलाई नै सकरात्मक रुपान्त्रण गर्न सक्छौं।समाजलाई पनि परिवर्तन गर्न सक्छौं। यसको लागि हामीमा सकरात्मक परिवर्तनको लागि संकल्प गर्नु जरुरी छ। हामीले गरेको संकल्प हामीले चाहेको सरल जीवन साथै सपना हामी आफै पुरा गर्न सक्छौँ।र यो सम्भब छ हामीले दिनभरि गरेका कामलाई बेलुका सम्पुर्ण परिवारहरु एकैठाउंमा बसि समिक्षा गरौं एक अर्काले गरेको कार्यलाई बुझ्ने कोसिस गरौं,सकिन्छ भने सहयोग गरौं सकिदैन भने सहि सल्लाहा र सुझाब दिउं।सकिन्छभने नियमित आफ्नै परिवारसंग बसि हांस्य योग गरौं ।हाँस्य योगले स्वस्थ्यको लागि फाईदा संगै हामिलाई यो ब्यस्त जीवनमा बाँच्न नयां उर्जा थप्छ।

सम्बन्धित शिर्षकहरु