महेश्वर शर्मा
सिड्नी,अष्ट्रेलिया
अष्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाईटीको आयोजनामा अस्ट्रेलियाको राजाधानी क्यानवेरामा एक उर्जाशिल कार्यक्रम ” द आर्ट अफ हेप्पीनेस” भब्यताका साथ सम्पन्न भएको छ। १२ नोभेम्बर २०१६ सनिबार दिउसो १:३० बजेबाट ४:३० बजेसम्म Huges Community Center, Canberra ,ACT मा भएको सो कार्यक्रममा मुख्य प्रेरक वक्ता सकारात्मक सोचको अभियन्ता आचार्य राजन शर्माले दैनिक कामको ब्यस्तता,चुनौतिपूर्ण जिम्वेवारी,हतारको जिन्दगीमा कसरि शान्ति र सुख प्राप्त हुन्छ,तनावलाई कसरि नियन्त्रण गर्ने भन्ने सकारात्मक उर्जाले भरिएको अभिव्यक्ति दिनुभएको थियो।हुने सो कार्यक्रम लाई विभिन्न सेसन बाट प्रस्तुत गरियो।
दिउसो १:३० बजेबाट २:३० सन्म स्ट्रेस मेनेज्मेन्ट,लाफ्टर थेरापी योगा र हिलिङ्ग मेडिटेसन गरियो भने २:३० बजेबाट ३:१५ सम्म मोटिभेस्नल टक,हेप्पी सेसन भयो साथै ३:१५ बाट ४ बजे सम्म सुपर लर्निङ टेक्निक ,द माईन्ड पावर प्रिजेन्टेसन सेसन भयो।साथै ४ बजे बाट ४:३० सम्म ईन्ट्रेक्सन एन्ड रिफ्रेसमेन्ट सेसन भएको थियो।
सो कार्यक्रममा सहभागि थूप्रै महानुभावहरुले यस्तो कार्यक्रम सदैव हुनुपर्नेमा जोड दिएका थिए।”द आर्ट अफ हेप्पीनेस” बाट आफ्नो जीवनलाई सकारात्मक रुपान्त्रण को निम्ती फाईदा पुग्ने बताएका थिए।स्वास्थ्य जीवन कसरि जीउने,जीवनमा आत्मविश्वासलाई कसरि वृिद्धि गर्ने,जीवनको वास्तविक उदेश्ये के रहेछ,भन्ने जस्ता जीवनउपयोगि प्रवचवबाट सहभागिहरुले लाभ प्राप्त भएको बताए।
निशुल्क प्रवेश रहेको सो कार्यक्रमलाई सफल बनाउन आदर्श जङ्ग पान्डे ,डा. होम मुर्ति पन्त र विदुर प्रसाद सापकोटाले सहयोग गरेका थिए।















