उत्प्रेरणात्मक तथा उर्जाशिल कार्यक्रम ” द आर्ट अफ हेप्पीनेस” अब अस्ट्रेलियाको राजाधानी क्यानवेरामा।

महेश्वर शर्मा
सिड्नी,अष्ट्रेलिया

अष्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाईटीको आयोजनामा अस्ट्रेलियाको राजाधानी क्यानवेरामा एक उर्जाशिल कार्यक्रम ” द आर्ट अफ हेप्पीनेस” हुने भएको छ। १२ नोभेम्बर २०१६ सनिबार दिउसो १:३० बजेबाट ४:३० बजेसम्म हुने सो कार्यक्रम Huges Community Center, Canberra ,ACT मा हुनेभएको हो। जीवनलाई नयाँ दिशामा परिवर्तन गराउने एक ‘उर्जाशिलकार्यक्रमका मुख्य प्रेरक वक्ता सकारात्मक सोचको अभियन्ता आचार्य राजन शर्मा हुनुहुन्छ। दैनिक कामको ब्यस्तता,चुनौतिपूर्ण जिम्वेवारी,हतारको जिन्दगीमा कसरि शान्ति र सुख प्राप्त हुन्छ,तनावलाई कसरि नियन्त्रण गर्ने भन्ने सकारात्मक उर्जाले भरिएको अभिव्यक्ति हुने सो कार्यक्रम विभिन्न सेसन बाट प्रस्तुत हुनेछ।image

 

 

 

 

 

 
दिउसो १:३० बजेबाट २:३० सन्म स्ट्रेस मेनेज्मेन्ट,लाफ्टर थेरापी योगा र हिलिङ्ग मेडिटेसन हुनेछ भने २:३० बजेबाट ३:१५ सम्म मोटिभेस्नल टक,हेप्पी सेसन हनेछ साथै ३:१५ बाट ४ बजे सम्म सुपर लर्निङ टेक्निक ,द माईन्ड पावर प्रिजेन्टेसन सेसन हुनेछ साथै ४ बजे बाट ४:३० सम्म ईन्ट्रेक्सन एन्ड रिफ्रेसमेन्ट सेसन हुनेछ।सकारात्मक सोचको अभियन्ता आचार्य राजन शर्माले नेपाल,भारत,अमेरिका,क्यानडा,जापान, अष्ट्रेलिया,फिजी तथा सिंगापुरमा योग ध्यान तथा अध्यात्मिक प्रवचन दिनुभएको छ।

सो कार्यक्रमबाट निम्न फाईदा लिन सकिनेछ।

-Improve attitude and morale
-Grow confidence
-Maximize the potentiality
-Participant achieve a new heights in their careers
– Founds a healthy lifestyle
-Heal and aware about life
-Find the real purpose of life

निशुल्क प्रवेश रहने सो कार्यक्रमको विस्तृत जानकारीको लागि
आदर्श जङ्ग पान्डे ०४३०४००४७८,डा. होम मुर्ति पन्त ०४३३८२१३१२ र विदुर प्रसाद सापकोटा ०४१२४७८३१२ मा फोन सम्पर्क गर्न सकिने छ।

सम्बन्धित शिर्षकहरु