‘लोकमानसिंह कार्की प्रधानमन्त्री बन्न खोजे’

रुकुम, १७ कात्तिक । ऊर्जामन्त्री जनार्दन शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले अनुचित ढङ्गले प्रधानमन्त्री बन्ने षड्यन्त्र गरेकाले महाभियोग प्रस्ताव ल्याउनुुपरेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र रुकुमले बुधबार आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री शर्माले महाभियोग प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा समेत गरे।

कार्कीले ‘राज्यलाई नै आतङ्कित गरेर शक्ति हत्याउने खेल खेलेकाले’ उनलाई महाभयोगबाट हटाई आवश्यक सजाय दिलाउने तयारी गरिएको मन्त्री शर्माको भनाइ थियो ।

सम्बन्धित शिर्षकहरु