टुँडिखेलमा आज विशेषसभा

sushil-oli-prachandaअसोज ४ । काठमाडौँ, नयाँ संविधान जारी भएको उपलक्ष्यमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीद्वारा संयुक्त रूपमा आज दिउँसो एक बजे विशेष खुसियाली सभा गर्दैछन् ।

सो आमसभालाई तीन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस महामन्त्री कृष्ण सिटौलाले असनेपालन्यूजलाई जानकारी दिए ।  सभाबारे जानकारी दिन आइतबार एमाले मुख्यालय धुम्बाराहीमा तीन दलका नेताहरूले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए । एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेस महामन्त्री सिटौला र एमाओवादीका महासचिव कृष्णबहादुर महराले आमसभाको तयारीबारे जानकारी गराएका थिए ।

सभाको व्यवस्थापन भने सरकारले गर्नेछ । विभिन्न पार्टीका कार्यकर्ता, राष्ट्रसेवक कर्मचारी सभामा सहभागी हुने जानकारी पत्रकार सम्मेलनमा दिइयो । सभा हुनुअघि विभिन्न ठाउँबाट अलग–अलग र्यालीसहित खुलामञ्चमा सहभागी हुने कार्यक्रम तय गरिएको छ ।

सम्बन्धित शिर्षकहरु