महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया
मन नेपाली तन नेपाली हामी जुन भुगोलमा रहेपनि आखिर हामी नेपाली नै हौं र हामीलाई हाम्रै संस्कृती मन पर्छ र पो हाम्रै संस्कृतीमा गर्व गर्छौँ।प्रवासी नेपाली मञ्च अष्ट्रेलिया (एनएसडब्लु) द्वारा सिड्नीमा आयोजित देउसी भैलो कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। हाम्रै संस्कृती र परम्परालाई जगेर्ना गर्नु पर्छ भन्ने उदेश्यका साथ गरिएको सो देउसी भैलो सिड्नीका विभिन्न ठाउँहरुमा खेलिएको हो। नेपाली पन झल्कने नेपाली पोषाक साथ साथै बाद्यवादनका विभिन्न सामाग्री सहित उपस्थित प्रवासी नेपाली मञ्च अष्ट्रेलिया (एनएसडब्लु) को समुहले सांच्नै नै नेपालकै झल्को आउने बनायो। सामाजिक कार्यमा सदैव अग्रसर नेपाली समुदायमा अगुवाहरुको निवासमै नेपाली संस्कृती झल्कने देउसी भैलो खेलिएको हो।
२९ अक्टोबर २०१६ हिजो शनिबार बिहान ८:३० बजे रकडेलमा हरि लामिछानेको निवासमा भैलो खेलएको थियो भने ११:३० मा गोवा कटवाल ग्रेन भिल,दिउसो २ बजे विजय फुईयाल गेल्यन्उड र साँझ ६:३० बजे समरहिलमा किरन थापा को निवासमा नेपाली संस्कृती झल्कने देउसी भैलो खेलिएको हो।अध्यात्मिक गुरु भीमसेन सापकोटा (आचार्य राजन शर्मा) ले आकर्शित ढङ्गबाट भैलो भट्याउनु भएको थियो। सो देउसी भैलो कार्यक्रममा सरिता शिग्देल,अलिना मानन्धर,स्वीकृती आचार्य र अविशा पौडेलले सांस्कृतिक निृत्य प्रस्तुत गरेका थिए।
यसरि प्रवासमा रहेर पनि नेपाली पन झल्कने देउसी भैलो आफ्नै आगनिमा हेर्न पाउँदा नेपाली समुदायका अगुवा घरभेटीले नेपालकै अनुभुती पाएको बताए।सो संस्थाका सचिव कृष्ण सापकोटाले असनेपालन्युज सँग कुरा गर्दै देउसी भैलो कार्यक्रम प्रवासमा रहेका पछिल्लो पुस्ताका साना बाल बालिकालाई अझ महत्वपूर्ण हुने बताए। प्रवासी नेपाली मञ्च अष्ट्रेलिया (एनएसडब्लु) का अध्यक्ष लक्ष्मण श्रेष्ठले सो देउसी भैलो कार्यक्रममा सहभागिता जनाउने सबै महानुभाव प्रति आभार प्रकट गर्दै धन्यबाद दिएका थिए।सो देउसी भैलो कार्यक्रमको संचालन सचिव कृष्ण सापकोटाले गरेका थिए।




















