काठमाडौँ, १२ कात्तिक । राप्रपा नेपालका उपाध्यक्ष निरञ्जन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध आएको महाभियोग प्रस्तावमा पार्टीको केन्द्रीय समिति बैठक बसेर उचित समयमा निर्णय लिने बताएका छन् ।
पार्टीले आज आयोजना गरेको कार्यक्रममा उनले नेपाली काँग्रेसले सो विषयमा अहिलेसम्म निर्णय नलिएको बताउँदै आफ्नो पार्टी निर्णायक नरहेकाले पनि निर्णय लिन हतार नगरिएको हो भने ।
संविधानको नयाँ प्रयोगका रुपमा सो विषय आएको र सो प्रस्ताव किनारा लगाउन महाभियोग सिफारिस समिति बनिसकेकाले त्यसलाई प्रभावित गर्ने गरी आफ्नो दलले तत्काल निर्णय नगर्ने बताए ।
सोही कार्यक्रममा पार्टीले रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो ।







