बेलायतमा मोदीविरुद्द खनिए नेपालीहरू

कात्तिक २७ । काठमाडौं, भारतले नेपाललाई लगाएको नाकाबन्दीविरुद्ध बेलायतमा विशाल प्रदर्शन भएको छ । बेलायतको संसद भवन अगाडि भएको प्रदर्शनमा हजारौं नेपाली सहभागी भएका छन् ।

london1बिहीबार देखि सुरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीले प्रदर्शन गरेका हुन्। अत्यन्तै कडा सुरक्षा व्यवस्थाका वावजुद पनि भारतीय नाकाबन्दीको विरोधमा हजारौं नेपाली सडकमा उत्रिएको गैर आवसीय नेपाली संघ युरोप संयोजक कुल आचार्यले असनोलन्यूजलाई जानकारी दिए ।

प्रदर्शनमा व्यापक नेपालीहरुको सहभागीता रहेको पनि उनले बताए। यस्तै प्रवासी नेपाली मन्चका अध्यक्ष रामशरण सिम्खडाले  प्रर्दशनमा दर्जनौ संघ संस्थाबाट हजारौं नेपालीहरू भारतीय नाकाबन्दी विरुद्ध सडकमा उत्रिएको बताए। प्रदर्शनले भारतीय नाकाबन्दी अन्तर्राष्ट्रियकरण भएको पनि उनले दाबी गरे ।

londonस्वाधिन राज्यप्रति भारतले गरेको अत्याचारको बिरुद्ध प्रदर्शन भएको र प्रदर्शनमा हजारौं नेपाली स्वतःस्फूर्त कार्ड तथा व्यानर बोकेर सहभागी भएको अध्यक्ष सिम्खडाले बताए। यस्तै पत्रकार राजेन्द्र भट्टले  भारतीय प्रधानमन्त्री मोदी विरुद्धको प्रर्दशनमा विदेशी सञ्चारमाध्यमको पनि उल्लेख्य उपस्थिति देखिएको जानकारी दिए। भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएपछि आक्रोशित नेपालीले मोदी विरुद्ध बेलायतको संसद भवन अगाडि १२ नोभेम्बर, दिनको १२ बजेदेखि ३ बजेसम्म प्रर्दशन गरेका हुन्। भारतीय प्रधानमन्त्री मोदीले १४ नोभेम्बरसम्म तीन दिने बेलायत भ्रमण गर्नेछन् ।

सम्बन्धित शिर्षकहरु