काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनालसहित ११ नेतालाई साधरण सदस्य समेत नरहने गरी कारबाही गरेको छ।
सोमबार बसेको एमाले स्थायी कमिटीको बैठकले यसअघि सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय गरेको हो ।
कारबाहीमा पर्नेमा नेता नेपाल, खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरु रहेका छन् ।
त्यस्तै बैठकले विरोध खतिवडा, सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल , झपट रावल, कृष्णलाल महर्जन, भवानीप्रसाद खापङु, सुरेन्द्र पाण्डे, मेटमणी चौधरी, यज्ञराज सुनुवार, दिपकप्रकाश भट्ट, नारायण खतिवडालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेकोे एक सदस्यले जानकारी दिए ।








