अमेरिकामा बस्दैआएका नेपाली भाषी भुटानी प्रतिभा भूटानी रणबहादुर खड़काको नेपाली म्युजिक भिडियाे,‘कसरी म भनौ तिमीलाई’ सार्बजनिक।

रणबहादुर खड़का बिहानि किरणले आफ्नो पहिलो एल्बम मेमोरिजमा समाबेश गीत ‘कसरि म भनौ तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक गर्रेका छन। उनी अमेरिकाको ओहायो राज्य लेकहुड शहरमा बस्दै आएका नेपाली भाषी भुटानी प्रतिभा हुन। सो गितको म्युजिक भिडीयोलाई ज्ञानेन्द्र कोईरालाले निर्देशन गरेका हुन भने यसलाई तिलक रिजालले छायङ्कन गरेका छन।सो म्युजिक भिडीयोमा भूमिका चौहान, मधु न्यौपाने र समिर सुबेदीको अभिनय रहेको छ।
२०४३ सालमा भुटानको दागनामा जन्मेका रण बहादुर खड्का पुनर्बाशको सिलसिलामा अमेरिका पुगेका हुन्।सानै देखि संगित प्रति लगाव राख्ने खड्का गीत लेख्न,संगीत भर्न र गाउन मन पराउंछन।साथै समाज सेवामा पनि उत्तिकै सक्रिय रणबहादुर खड़का हिमालय फाउन्डेसन र ए बि ड्रीम क्रियशन लगायत सस्थाहरुमा आवद्ध छन् ।खड़काले नेपाली भाषाको उन्नयनको लागि गीत संगीतमा निरन्तर लागिरहने प्रण गरेका छन।

सम्बन्धित शिर्षकहरु